नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न

नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न
नेपाल जन-प्रशासन संघको मिति २०८० पौष १४ गते संघको साधारणसभा र राष्ट्रिय सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सहयोग, समन्वय र समय प्रदान गर्नु भएकोमा सम्पूर्ण आजिबन सदस्यहरु, सस्थागत सदस्यहरु, पत्रकार, आमन्त्रित व्यक्तित्व एबम संघलाई बिभिन्न तबरबाट सहयोग पुर्याउने सबै प्रति हार्दिक आभार सहित धन्यवाद ! राष्ट्रिय सम्मेलनमा “Inclusive Development in Nepal: The Role of Public Administration” विषयक कार्यपत्र काठमाडौँ बिश्वबिद्यालयका डा. उद्दव प्याकुरेलले प्रस्तुत गर्नु भएको र उक्त कार्यपत्रमा टिप्पणी गर्ने टिप्पणीकर्ताहरु नेपाल सरकारका पुर्ब सचिब एबम लोकसेवा आयोगका पुर्ब अध्यक्ष श्री उमेश मैनाली, नेपाल सरकारका पुर्ब सचिब कृष्ण ज्ञवाली, डा. हिरामणि घिमिरे र उक्त बिषयमा सुझाब दिनुहुने सदस्य एबम आमन्त्रित व्यक्तित्वमा हार्दिक धन्यबाद /
उक्त कार्यक्रममा PAAN Gold Medal प्राप्त गर्नु हुने उभार पाण्डे र कृतिका पोखरेललाइ संघको तर्फबाट हार्दिक बधाई / संघको कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न बिभिन्न तबरबाट सहयोग गर्नुहुने सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद !
साथै संघको साधारणसभाबाट आगामी २ बर्ष (२०८०-८२) को लागि कार्यसमितिका बिभिन्न पदमा निर्बिरोध र सर्बसम्मत बिधिबत निर्बाचित गर्नु भएकोमा संघ यहाप्रती हार्दिक आभार व्यक्त गर्दै, सस्थागत बिकाशको लागि प्रतिबद्द रहेको व्यहोरा समेत अनुरोध छ /
सस्था हामी सबैको साझा मंच भएकोले यसको गरिमा र बिकाशको लागि हामी प्रत्येक सदस्यको समेत अहम भूमिका रहेने हुँदा आगामी दिनमा समेत यहाको सकारात्मक सुझाब एबम सहयोगको अपेक्षा गर्दछ /
PAAN ले आगामी दिनमा के कसरि अगाडी बढ्न उपयुक्त हुन्छ ? यहाको रचनात्मक र कार्यान्वयन योग्य सुझाब संघको इमेलमा पठाइदिनु हुन् समेत अनुरोध छ /
अंग्रेजी नया बर्ष २०२४ को उपलक्ष्यमा यहाँ र यहाको परिवारको सु-स्वास्थ, शुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक मंगलमय शुभकामना !!!
आगामी दिनमा समेत यहाको सक्रिय, समन्वयात्मक र रचनात्मक सहयोगको लागि अनुरोध गर्दै, यहाको सहयोग, समन्वय र समयको लागि धन्यवाद !

Scroll to Top
Scroll to Top