आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को लागि सुझाबको लागि अनुरोध

नेपाल जन -प्रशासन संघ (PAAN) ले विगतमा जस्तै, नेपाल सरकारको आगामी आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को तर्जुमा गर्ने सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर (VAT), अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधार, नीतिगत सुधार, प्रक्रियागत सरलीकरण, राजस्व चुहावट नियन्त्रण तथा बैंक, वित्तीय संस्था, सामाजीक सुरक्षा, बीमा, पूँजी बजार, सहकारी लगायत अर्थतन्त्रका विविध तथा समग्र आर्थिक सुधार गर्न आवश्यक सुझावहरू संकलन गरी प्रतिवेदन गर्ने सन्दर्भमा, PAAN का सम्पूर्ण सदस्यहरूबाट विचार तथा सुझाव प्रदान गरीदिनु हुन अनुरोध गर्दछौं। तपाईंको बहुमूल्य सुझावहरूले नीति निर्माण तथा बजेट तर्जुमा प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।
समग्र अर्थतन्त्र सुधारका लागि यहाँका सुझावहरू २०८१ चैत्र १५ गते भित्र तलकाे लिकं वा संघकाे
Email – [email protected] मा पठाइदिनुहुन अनुरोध गर्दछौं।
https://docs.google.com/forms/d/e/1FAIpQLScf7RJUT7OygwUUKgiN325R6ogHAHnL-cODGRIFU5DZZP5eOw/viewform?usp=header
सक्रिय सहभागिताको लागी धन्यवाद।

Scroll to Top