प्रेस बिज्ञप्ति

मिति २०८१।०४।२१

प्रे विज्ञप्ति

हेम बहादुरमल्ल सम्मान, २०७९, डा. भेषबहादुर थापालाई प्रदान गरिने

नेपाल जन-प्रशासन संघले वि. सं. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका पूर्व प्रिसिडेन्ट एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले वि सं २०७९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो ।  सम्मानपत्रसहित नगद राशी  रु २,००,००० (रू दुई लाख) को यो सम्मान वर्षेनी प्रदान गरिन्छ ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याउनु भएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको हो  । यो सम्मान विशेष समारोह बीच आगामी २०८१ श्रावण २३ उहाँलाई अर्पण गरिनेछ ।

यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन् अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमीटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहनु भएको थियो ।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, स्व. अम्बिका श्रेष्ठ, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भईसक्नु भएको छ । डा. भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुनुहुने २०औ व्यक्ति हुनुहुनेछ ।

स्वर्गीय हेमबहादुर मल्ललले साल्ट ट्रेडिग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रिसिडेन्ट पदमा रही सेवा गर्नुभयो । उहाँ नेसनल फाइनान्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड र सुवर्ण फर्मास्युटिकल्स लिमीटेडको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसंग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो । गैरनाफामुखी पेशागत संघको रुपमा स्थापीत यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा छलफल, प्रशिक्षण, अनुसन्धान, प्रकाशन र सम्मान तथा पुरस्कार सञ्चान गर्दै  आएको छ ।

मधुरमण आचार्य

अध्यक्ष, नेपाल जनप्रशासन संघ   

Scroll to Top
Scroll to Top