नेपाल जन-प्रशास संघद्वारा हेम बहादुरमल्ल सम्मान पूर्ब प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान
नेपाल जन-प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ । न्यायिक क्षेत्रको नेतृत्व र संस्थागत विकासमार्फत सार्जवनिक सेवाको श्रीबृद्धिमा पुऱ्याउनु भएको अनुकरणीय योगदानको लागि उहाँलाई सो सम्मान दिइएको हो । सो सम्मान बिहीबार राजधानीमा आयोजित एक विशेष समारोह बीच प्रदान गरिएको हो ।
समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रधान न्यायाधीश प्रकाश सिंह राउतले न्याय क्षेत्रमा योगदान गर्नु भएका उपयुक्त पात्रले सम्मान पाएकोमा खुसी व्यक्त गर्नु भयो । न्यायिक सर्वोच्चता र न्यायिक स्वतन्त्रताको रक्षा गर्दै न्याय प्रशासन र न्याय सम्पादनलाई स्वच्छ र सबैले अनुभूति गर्न सक्ने गरी चुस्त र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले न्यायपालिकाको गरिमा बढाउन पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले स्थापित गर्नु भएको योगदानको कदर गर्दै उहाँले देखाउनु भएको मार्गलाई अझ सार्थक पार्न प्रधान न्यायाधीशको हैंसियतले थप प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मुलुकमा सदाचार, न्याय, इमान्दारिता तथा पारदर्शिता अभिबृद्धि गर्न सबै क्षेत्रको पैरवी आवश्यक रहेको कुरा अगाडि सार्दै सो लागि सबैलाई सक्रिय भूमिका खेल्न अनुरोध गर्नु भयो ।
सम्मान ग्रहणपश्चात् “सुशासन, संस्थागत विकास र नेतृत्व” विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सो विषयमा दिनु भयो । सो सम्वोधनमा पूर्व प्रधान नयायाधीश श्रेष्ठले सुशासन भनेको स्वशासन हो भन्दै केन्द्रीयस्तरमा कुनै एउटा अङ्गले काम गर्दैमा सुशासन पुग्दैन, सम्बद्ध सबैले काम गर्नु पर्दछ र सुशासन देशभरि झाँगिनु जरुरी छ भन्नु भयो । उहाँले उचित प्रक्रिया, संरचना, क्षमता र वातावरण र प्रयासहरूबाट मात्रै संसथागत विकास हुने कुरा बताउनु भयो । उहाँले भन्नु भयो, “हरेक अंग वा निकायका प्रमुखले नेतृत्व क्षमता देखायो भने देशको कूल नतिजामा सकारात्मक प्रभाव पुग्न जान्छ । यसअर्थमा नेतृत्व संख्यात्मक रूपमा समर्पित गर्नेभन्दा तल्लो तहसम्म विस्तृत र विकसित हुन दिनुपर्छ ।“ न्यायिक क्षेत्रमा आपूले सुरु गरेका सुधारहरुको उल्लेख गर्दै उहाँले भन्नु भयो, “हिजोको तुलनामा हाल अदालतले धेरै हदसम्म संस्थागत आधुनिकीकरणको युगमा प्रवेश गरको छ, उपभोक्ता न्यायिक सन्तुष्टिको मात्रा भने सापेक्षिक कुरा हो, यसमा संधै जुटिरहनु पर्ने हुन्छ ।“
समारोहको अध्यक्षता नेपाल-जन प्रशासन संघका मधुरमण आचार्यले गर्नु भएको थियो । उहाँले सो अवसरमा नेपाल-जन प्रशासन संघले सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक सरोकार र सार्वजिक व्यवस्थापन लगयातका जन-प्रशासनका विविध विषयमा पेशागत दक्षता, तटस्थता, सदाचारिता, नैतिकता, सार्वजनिक जवाफदेही, पारदर्शिता, समावेशीता र दक्षताको पक्षपोषण र पैरवी गर्दैआएको बाउनु भयो। । साथै सार्वजनिक प्रशासनमा यी मूल्य मान्यताप्रति संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै संघका रहेको ज्ञान, सीप, दक्षता र अनुभवलाई राष्ट्रले चाहेमा समर्पण गर्न संघ सधैं तत्पर रहने बताउनु भयो ।
समारोहमा हेमबहादुर मल्ल सम्मान २०८० छनौट समिताका संयोजक लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले सम्मानको लागि उम्मेदवार छनौट प्रकृया र छनौटका आधारहरू बारे जानकारी दिनु भयो ।
सो अवसरमा साल्ट ट्रेडिङ्ग कर्पोरशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ए सार्वजनिक वितरण र आपूर्तिमा सो कर्पोरेशनको भूमिकाको चर्चा गर्नु भयो । समारोहमा नेपाल जन-प्रशासन संघका उपाध्यक्ष नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौलाले स्वागत मन्तव्य दिन भएको थियो ।
संघका महासचिब डा. दिलिपराज पौडेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल सरकारको पूर्व सचिव, नेपाल जनप्रशासन संघका निबर्तमान अध्यक्ष कृष्णहरि बास्कोटाले हेमबहादुर मल्ल सम्मानको सन्दर्भमा यसको स्थापना देखि बर्तमान सम्मको संक्षिप्त जानकारी गराउनु भएको थियो l
ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम वहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लि.को नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिनु भएको प्रेरणादायी योगदनाको कदर गर्दै उहाँको सम्मानमा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको सौजन्यामा हेमबहादुर मल्ल सम्मान वि. सं. २०५९ सालमा स्थापना भएको हो । सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउनु हुने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मान वर्षेनी प्रदान गरिदै आएको छ ।
हेम वहादुर मल्ल सम्मानवाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्यय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य, र डा. भेषबहादुर थापा सम्मानीत भइसक्नु भएको छ । श्री कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुनुहुन्छ ।
सो सम्मानको राशी नगद दुई लाख रुपैंया रहेको छ ।
सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसंग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन-प्रशासन संघको स्थापना भएको हो । गैरनाफामुखी पेशागत संघको रुपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा प्रकाशन, छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरी त्यस्ता कार्यक्रमवाट प्राप्त भएका सुझावहरु नेपाल सरकार एवं सम्वन्धित निकायहरुमा दिई सहयोग पुऱ्याउँदै आएको छ ।
मधुरमण आचार्य
अध्यक्ष, नेपाल जनप्रशासन संघ
मिति २०८२।३।२६







