हेमवहादुर मल्ल सम्मान, २०७९ का लागि नाम सिफारिश गरी पठाउने सम्वन्धी अनुरोध
कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमवहादुर मल्ल सम्मान, नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनु हुने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशिका साथ सम्मान प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा हेमवहादुर मल्ल सम्मान २०७९ सालका लागि यस सम्मानवाट सम्मानित गर्नका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्ति वा संस्थाको नाम र विवरण निम्न ठेगानामा यही २०८० साल भाद्र १० गते भित्र सम्भावित व्यक्तित्वको संक्षिप्त परिचय सहित नाम सिफारिश गरी इमेल वा पत्र मार्फत उपलव्ध गराइदिनु हुन अनुरोध छ ।
– उद्योग, वाणिज्य, स्वास्थ्य, सार्वजनिक सेवा, सार्वजनिक सेवाप्रवाह, सुूचना व्यवस्थापन, नवीन आविष्कारका क्षेत्रहरू, अनुसन्धान र जनसरोकारका क्षेत्रहरूको उन्नति र प्रगतिमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट र असाधारण योगदान पु¥याएका विशिष्ट व्यक्तित्व वा संस्थाहरू ।
– सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रहरूमा संस्थापक÷प्रवद्र्धक÷सञ्चालक वा प्रमुख कार्यकारी वा व्यवस्थापकका रूपमा जिम्मेवारी बहन गरी संस्थागत रुपान्तरण नै गर्न सफल भएका उल्लेखनीय योगदान गरेका व्यक्तित्व वा संस्थाहरू ।
पुनश्च: यो सम्मान हेम बहादुर मल्ल सम्मान कार्यविधि, २०७७ को अधीनमा रही माथि उल्लेख भए अनुसार सार्वजनिक प्रशासनको क्षेत्रमा वा निजी क्षेत्रको संगठित सुशासन (कर्पोरेट गभर्नेन्स्) का क्षेत्रमा अनुभूतियोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यबस्थापन वा संगठित सुशासनका लागि अद्वितीय योगदान पु¥याएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ । यसका लागि पाँच सदस्यीय स्वतन्त्र उच्चस्तरीय छनौट समिति गठन गरिएको छ । अतः यो गरिमामय सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम सिफारिश गरी सहयोग पु¥याइदिनु हुन हार्दिक अनुरोध छ ।
नेपाल जनप्रशासन संघ, हरिहरभवन, ललितपुर, फोन नं ५४२४४७०,९८५१२३४७००,
email : [email protected]