कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्ल को सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेसन को सहयोगमा २०५९ सालमा स्थापना भएको “हेमबहादुर मल्ल सम्मान” नेपाल जन-प्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख नगद राशिसहित प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भमा हेमबहादुर मल्ल सम्मान, २०८१ र २०८२ का लागि यस सम्मानबाट सम्मानित गर्न निम्न लिखित मापदण्ड पूरा गरेका व्यक्ति वा संस्थाको नाम र विवरण तल उल्लिखित ठेगानामा २०८२ साल चैत्र मसान्तभित्र सम्भावित उम्मेदवारको संक्षिप्त परिचयसहित नाम सिफारिस गरी इमेल वा पत्रमार्फत पठाइदिनुहुन अनुरोध छ ।
मापदण्डहरू
- उद्योग, वाणिज्य, स्वास्थ्य, सार्वजनिक सेवा, सार्वजनिक सेवा प्रवाह, सूचना व्यवस्थापन, नवीन आविष्कारका क्षेत्रहरू, अनुसन्धान तथा जनसरोकारका क्षेत्रमा उन्नति र प्रगतिका लागि कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट तथा असाधारण योगदान पुर्याएका व्यक्ति वा संस्था ।
- सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सेवाका विविध क्षेत्रमा संस्थापक, प्रवर्द्धक, सञ्चालक, प्रमुख कार्यकारी वा व्यवस्थापकको रूपमा संस्थागत रूपान्तरण गर्न सफल भएका तथा उल्लेखनीय योगदान गरेका व्यक्ति वा संस्था ।
पुनश्च : यो सम्मान हेमबहादुर मल्ल कार्यविधि, २०७७ को अधीनमा रही माथि उल्लेख भएअनुसार सार्वजनिक प्रशासनको क्षेत्रमा वा निजी क्षेत्रको संगठित सुशासन (Corporate Governance) को क्षेत्रमा अनुभूतियोग्य तथा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यवस्थापन वा संगठित सुशासनका लागि अद्वितीय योगदान पुर्याएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ । अतः यस गरिमामय सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम सिफारिस गरी सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध छ।
मधुरमण आचार्य
अध्यक्ष
नेपाल जन-प्रशासन संघ (PAAN),
हरिहरभवन, ललितपुर, फोन नं.: ०१-५४२४४७०, ९८५१२३४७००
Email: [email protected], [email protected]

