निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९/०७/२६ गतेका दिन नेपाल जान प्रशासन संघको सभापति श्री कृष्णहरि बास्कोटाज्यूको सभापतित्वमा कान्तिपुर इन्टर्नेशनल कलेजमा निर्बाचन पर्यबेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो /
यहि २०७९ मंग्सिर ४ गते आइतबारका दिन हुन् गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पर्यबेक्षणको लागि निर्बाचन आयोगको स्वीकृतिमा नेपाल जन प्रशासन संघ (PAAN) मार्फत बिभिन्न जिल्लाका मतदान स्थलहरुमा पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नु भएका पर्यबेक्षकहरुको लागि पर्यबेक्षकको काम कर्तब्य, भूमिका र प्रतिबेदन गर्ने तरिका सम्बन्धि बिषयमा पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको /
उक्त कार्यक्रममा सहभागीलाई प्रशिक्षित गर्न निर्बाचन आयोग मार्फत प्रशिक्षकको रुपमा अधिकृत श्री दिक्षा थापाज्यूले सहभागीहरुलाई पर्यबेक्षण सम्बन्धि बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो /
संघका कोषाध्यक्ष श्री दिलिपराज पौडेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका सदस्य श्री इश्वरी प्रसाद घिमिरेज्युले स्वागत मन्तब्य राख्नु भएको थियो भने सहभागीका तर्फबाट श्री सरिता आचार्यले आफ्नो भनाइ राख्नु भएको थियो / उक्त कार्यक्रममा कलेजका निर्देशक श्री प्रताप राज जोशी, प्रिन्सिपल श्री डा नरेन्द्र कुमार श्रेष्ठले र प्रशिक्षक श्री दिक्षा थापाले निर्बाचन स्वच्छ रुपमा सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो /
संघका आजिबन सदस्य श्री इन्द्र कुमार श्रेष्ठ निर्बाचन आयोग परिवार, PAAN परिवार, सभापतिज्यू, प्रशिक्षकज्यू , कलेज परिवारलाइ मेनु र भेनु उपलब्ध गरेकोमा बिशेष धन्यवाद सहित आभार व्यक्त गर्नुभयो भने अन्य उपस्थित सबैलाई धन्यबाद दिनुभयो /

https://www.facebook.com/profile.php?id=100080048033344 

20221112 092850 Scaled 20221112 093019 Scaled 20221112 092921 Scaled 20221112 092431 Scaled 20221112 092847 Scaled 20221112 092402 Scaled 20221112 093015 Scaled 20221112 093022 Scaled 20221112 092441 Scaled20221112 093033 Scaled 20221112 093040 Scaled 20221112 093045 Scaled 20221112 093104 Scaled 20221112 095011 Scaled 20221112 095316 Scaled 20221112 103614 Scaled 20221112 103848 Scaled 20221112 104516 Scaled 20221112 104719 Scaled 20221112 104738 Scaled 20221112 104745 Scaled 20221112 104749 Scaledhttps://www.facebook.com/profile.php?id=100080048033344 

Scroll to Top