📢 PAAN Talk सम्पन्न
मिति २०८२/१०/२८ गते बुधवार
नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा आयोजित PAAN Talk कार्यक्रममा “फागुन २१ गतेको निर्वाचनका विविध पाटा” विषयमा अर्थपूर्ण र ज्ञानवर्द्धक छलफल सम्पन्न भयो।
कार्यक्रमका प्रमुख वक्ता पूर्व प्रमुख निर्वाचन आयुक्त श्री भोजराज पोखरेलले निर्वाचन पर्यबेक्षण, निर्वाचन व्यवस्थापन, लोकतान्त्रिक अभ्यास, स्वतन्त्र र निष्पक्ष निर्वाचनको महत्व तथा समसामयिक निर्वाचन चुनौतीहरूबारे आफ्नो अनुभव र विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण PAAN का अध्यक्ष श्री मधुरमण आचार्य ले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले निर्वाचन प्रणाली, मतदाताको अधिकार, पारदर्शिता, सञ्चारमाध्यमको भूमिका तथा सार्वजनिक विश्वास अभिवृद्धिका विषयमा सक्रिय रूपमा विचार–विमर्श गर्नुभयो।
यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद।
#PAAN #PAANTalk #ElectionDiscussion #Nepal


