आ.ब. २०८२।८३ को बजेट निर्माणका लागि सुझावहरू

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले पेशागत संघको रुपमा वि.सं. २०४७ सालमा स्थापना भएको नेपाल जनप्रशासन संघले विगतमा जन-प्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षणजस्ता कार्यक्रमहरु आयोजना गरेको र त्यस्ता कार्यक्रमवाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवं सम्वन्धित निकायहरूमा पठाई सहयोग पुऱ्याउँदै आएको छ ।

आगामी आ.ब.२०८२।८३ को बजेट निर्माणसम्बन्धमा त्यस मन्त्रालयलाई सुझाव दिने ध्येयले यस संघले मिति २०८१ चैत्र १४ गते होटल हिमालयमा “सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक सुधारः अपेक्षा र सम्भावनाहरू” विषयक एक नीति सम्वाद कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष एवं नेपाल सरकारकाका पूर्ब सचिव श्री मधुरमण आचार्यको अध्यक्षतामा भएको सो सम्बाद कार्यक्रममा पूर्व अर्थ सचिव श्री कृष्णहरि बास्कोटाले छलफलपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरू डा. पोषराज पाण्डे, डा. रामकुमार फुयाल, डा. रमेशचन्द्र पौडेल,  पूर्ब मुख्य सचिब  डा. विमल कोईराला, पूर्व अर्थसचिवहरू श्री विद्याधर मल्लिक, श्री रामेश्वर खनाल, श्री मधु मरासिनी, डा. राजन खनाल, पूर्ब सचिवहरू, श्री लालशंकर घिमिरे, शम्भु कोइराला  र गोपीनाथ मैनालीलगायत अर्थ सम्बन्धि विषयका विद्वान्हरुको उपस्थिति रहेको थियो ।

उपर्युक्त नीति सम्वादमा व्यक्त सुझाबहरूलगायत सङघलाई प्राप्त अन्य सुझावहरूसमेतको आधारमा  वर्तमान आर्थिक अवस्थाका चुनौतीहरूलाई सम्बोधन गर्दै, नीतिगत सुधारका अपेक्षा र सम्भावनाहरूमा केन्द्रित भई आगामी आर्थिक वर्ष २०८२-८३को बजेटको लागि यस नेपाल जन-प्रशासन सङ्घले तयार गरि प्रेषित गरेका सुझावहरु देहाय अनुसार रहेको ।

Budget suggestions 2082-83 # 2081-12-27 final

Scroll to Top