नेपाल जन–प्रशासन संघ (PAAN) र जनप्रशासन क्याम्पस (PAC) को संयुक्त आयोजनामा मिति २०८३ वैशाख २७ गते सम्पन्न “सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम” मा सार्वजनिक प्रशासन, सेवा प्रवाह सुधार, डिजिटल शासन तथा प्रशासनिक रूपान्तरणका विषयमा विज्ञहरू, पूर्वप्रशासकहरू, प्राध्यापकहरू तथा नीति विश्लेषकहरूबीच गहन छलफल सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्र, टिप्पणी तथा छलफलबाट प्राप्त निष्कर्ष र सिफारिसहरू समेटिएको “सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम : प्रतिवेदन तथा नीतिगत सिफारिसहरू” यहाँहरूको जानकारी तथा आवश्यक उपयोगका लागि संलग्न गरी पेश गरिएको छ।
प्रतिवेदनमा समेटिएका निष्कर्ष तथा सुझावहरूले नेपाल सरकारद्वारा सञ्चालित सुशासन, सार्वजनिक सेवा प्रवाह सुधार तथा प्रशासनिक रूपान्तरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।
संलग्न प्रतिवेदनमाथि आवश्यक अध्ययन गरी उपयुक्त ठहरिएका सुझावहरूलाई नीतिगत तथा कार्यान्वयन तहमा उपयोग गरिने अपेक्षा राखेका छौँ।
