हेमबहादुर मल्ल सम्मान, २०८० का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध
(प्रकाशित मिति २०८१/०५/१७)
कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमां २०५९ सालमा स्थापित हेमबहादुर मल्ल सम्मान नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशीका साथ सम्मान प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा हेमवहादुर मल्ल सम्मान, २०८० का लागि यस सम्मानबाट सम्मानित गर्नका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्ति वा संस्थाको नाम र विवरण निम्न ठेगानामा यही २०८१ साल भाद्र मसान्त भित्र सम्भावितको संक्षिप्त परिचय सहित नाम सिफारिश गरी इमेल वा पत्र मार्फत उपलब्ध गराइदिनहुन अनुरोध छ ।
– उद्योग, वाणिज्य, स्वास्थ्य, सार्वजनिक सेवा, सार्वजनिक सेवाप्रवाह, सुचना व्यवस्थापन, नवीन आविष्कारका क्षेत्रहरु, अनुसन्धान र जनसरोकारका क्षेत्रहरुको उन्नति र प्रगतिमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट र असाधारण योगदान पुर्याएका व्यक्ति वा संस्थाहरु ।
– सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रहरुमा संस्थापक/ प्रबर्दक/सञ्चालक वा प्रमुख कार्यकारी वा व्यवस्थापकका रुपमा संस्थागत रुपान्तरण गर्न सफल भएको उल्लेखनीय योगदान गरेको व्यक्ति वा संस्थाहरु ।
पुनश्च : यो सम्मान हेमबहादुर मल्ल कार्यविधि, २०७७ को अधीनमा रही माथि उल्लेख भए अनुसार सार्वजनिक प्रशासनको क्षेत्रमा वा निजी क्षेत्रको संगठित सुशासन (कर्पोरेट गभर्नेन्स्) का क्षेत्रमा अनुभूतीयोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन,व्यबस्थापन वा संगठित सुशासनका लागि अद्धितीय योगदान पुयाएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।
यसका लागि पाँच सदस्यीय स्वतन्त्र उच्चस्तरीय छनौट समिती गठन गरिएको छ । अतः यो गरिमामय सम्मानका लागि उपयूक्त व्यक्ति वा संस्थाको नाम सिफारिस गरी सहयोग पुयाइदिन हुन हार्दिक अनुरोध छ ।
मधुरमण आचार्य, अध्यक्ष
नेपाल जनप्रशासन संघ (PAAN)
हरिहरभवन, ललितपुर, फोन नं ५४२४४७०,९८५१२३४७००
Email : [email protected], [email protected]