संघको २३औं साधारण सभा एवं १८औं राष्ट्रिय सम्मेलन सम्पन्न

मिति २०७९ पौष १५

नेपाल जन प्रशासन संघ (पान) का अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा संघको २३औं साधारण सभा एवं १८औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बानेश्वरस्थित अर्पण व्याङ्क्वेटमा आयोजित कार्यक्रम दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो सत्रमा संघका उपाध्यक्ष प्रा. यशोदा काफ्लेले स्वागत मन्तव्य, महासचिव मुकुन्दप्रसाद निरौलाले वार्षिक प्रतिवेदन सहित विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिलिपराज पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष बाँस्कोटाले संघद्वारा प्रकाशित पान जर्नल २०७९ र पान बुलेटिन २०७९ को विमोचन गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन आयोगका प्रमुख आयुक्त माननीय दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा डा. चन्द्रदेव भट्टले राजनीतिक संक्रमण र नेपालको आगामी सरकारका चुनौती र सम्भावना विषय अन्तर्गत निर्वाचन पछिको सरकारको समीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा. हिरामणि घिमिरे र कृष्ण ज्ञवालीले कार्यपत्र उपर टिप्पणी गर्नु भएको थियो / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुरयाए बताउनु भयो /उहाले ‘स्थानीयतह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हन्छ, सङ्घीय र प्रदेशतहमा कानुनतः सम्भव छैन । विसं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुपपक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ’ भन्नु भएको थियो /

कार्यक्रममा नेपाल जन प्रशासन संघलाइ सहयोग गर्ने बिभिन्न व्यक्ति तथा संघसस्थालाई कदर पत्र प्रदान गरिएको थियो । संघले आयोजना गरेको तालिममा निःशुल्क प्रशिक्षण सेवा प्रदान गरेका डा. हिरामणि घिमिरे, रेश्मीराज पाण्डे, पूर्णचन्द्र भट्टराई, कृष्णहरि बाँस्कोटा, दीक्षा थापालाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै गरि  संघले विगतदेखि दिँदै आएको स्वर्ण पदक यस वर्ष त्रिभुवन विश्वबिद्यालयका विकास ज्ञवालीलाई “पान स्वर्ण पदक” प्रदान गरिएको थियो भने २०७९ मंसिर ४ गते सम्पन्न राष्ट्रिय निर्वाचनमा संघले खटाएका ४७ जना पर्यवेक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

323325419 895300951624608 2130882951394893094 N IMG 0008 Scaled IMG 0010 Scaled IMG 0053 Scaled IMG 0102 Scaled IMG 0109 Scaled IMG 0131 Copy Scaled IMG 0131 Scaled IMG 0147 Scaled IMG 0165 Scaled IMG 0167 Scaled IMG 0180 Scaled IMG 0188 Scaled IMG 0189 Scaled IMG 0196 Scaled IMG 0199 Scaled IMG 0204 Scaled IMG 0207 Scaled IMG 0215 Scaled IMG 0253 Scaled IMG 0256 Scaled

Scroll to Top