नाम सिफारिस गरी पठाउनेसम्बन्धी अनुरोध
नेपाल जनप्रशासन सङ्घ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउनु हुने सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीमध्ये एक जनालाई PAAN-Civil Servant of The Year Award प्रदान गर्ने निर्णय गरेको छ । वि. सं. २०८१ को nflu आगामी पौष १३ गते हुने सङ्घको साधारण सभा तथा राष्ट्रिय सम्मेलनको अवसरमा सो सम्मान प्रदान गर्ने कार्यक्रम राखिएको छ । यसका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्तिको नाम र विवरण निम्न ठेगानामा यही २०८१ साल मंसिर १५ गते भित्र सम्भावित व्यक्तिको संक्षिप्त परिचयसहित सिफारिश गरी इमेल वा पत्रमार्फत निम्न सम्पर्क ठेगानामा उपलब्ध गराइदिनहुन अनुरोध छ ।
- सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउनु हुने सङ्घ, प्रदेश वा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारी .
- सार्वजनिक सेवा, नवीन आविष्कारका क्षेत्रहरु र जनसरोकारका क्षेत्रहरुमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट र असाधारण योगदान पुऱ्याउनुभएका राष्ट्रसेवक निजामती कर्मचारी .
पुनश्चः यो सम्मान PAAN-Civil Servant of The Year Award कार्यविधि, २०८१ को अधीनमा रही माथि सार्वजनिक प्रशासनको क्षेत्रमा संगठित सुशासनका क्षेत्रमा अनुभूतीयोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यबस्थापन वा सुशासनका लागि अद्धितीय योगदान पुयाएका व्यक्तिलाई प्रदान गरिनेछ । यसका स्वतन्त्र उच्चस्तरीय छनौट समिlt गठन गरिएको छ ।
सम्पर्क:
नेपाल जनप्रशासन संघ (PAAN)
हरिहरभवन, ललितपुर, फोन नं ५४२४४७०,९८५१२३४७०० Email : [email protected], [email protected]