नेपाल जन-प्रशासन संघ (PAAN)
PAAN Life Time Achievement Award, २०८३ का लागि
नाम सिफारिस सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०८/१०)
नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासनको क्षेत्रमा उल्लेखनीय तथा दीर्घकालीन योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले PAAN Life Time Achievement Award स्थापना गरेको छ । उक्त PAAN Life Time Achievement Award, २०८३ का लागि सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका योग्य व्यक्तित्वहरूको नाम सिफारिस गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
सिफारिस गर्दा देहायका आधारलाई प्राथमिकता दिइनेछः
- सार्वजनिक प्रशासन तथा शासन व्यवस्थाको सुधार र विकासमा दीर्घकालीन एवं विशिष्ट योगदान पुर्याएको।
- अध्ययन, अनुसन्धान, नीतिगत सुधार तथा व्यवस्थापकीय प्रणालीको विकासमा उल्लेखनीय योगदान गरेको।
- नेपाल जनप्रशासन संघको संस्थागत विकास तथा प्रवर्द्धनमा योगदान पुर्याएको।
- सार्वजनिक सेवा तथा समाजप्रति अनुकरणीय योगदान र प्रतिष्ठा कायम गरेको।
योग्य व्यक्तित्वको नाम संक्षिप्त परिचय तथा योगदानको विवरणसहित मिति २०८३/०८/३० गतेभित्र संघको इमेलमा सिफारिस पठाउनुहुन अनुरोध गरिन्छ।
पुरस्कारसम्बन्धी छनोट तथा सिफारिस प्रक्रिया PAAN Life Time Achievement Award कार्यविधि, २०८३ बमोजिम हुनेछ।
सम्पर्क:
नेपाल जनप्रशासन संघ (PAAN)
हरिहर भवन, ललितपुर
Email: [email protected]
[email protected]

