PAAN Life Time Achievement Award Kosh स्थापना गर्न PAAN र रामबाबु नेपालबीच सम्झौता

काठमाडौं, ३० साउन २०८३

सार्वजनिक सेवा तथा सार्वजनिक प्रशासनको क्षेत्रमा जीवनभर समर्पित रही उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूको योगदानलाई सम्मान र कदर गर्दै उत्कृष्ट सार्वजनिक सेवाको संस्कृतिलाई संस्थागत गर्ने उद्देश्यले नेपाल जन–प्रशासन संघ (PAAN) र रामबाबु नेपालबीच “PAAN Life Time Achievement Award Kosh” स्थापना तथा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। संघका पूर्व अध्यक्षहरू श्री कृष्ण ज्ञवाली र कृष्णहरि बास्कोटाज्यू को रोहबरमा, संघका अध्यक्ष मधुरमण आचार्य र रामबाबु नेपालले हस्ताक्षर गरि भएको सम्झौतामा संघका महासचिव डा दिलिपराज पौडेल र धुर्ब नेपालज्यू साछी रहनु भएको थियो l

सम्झौताअनुसार रु. २ लाखको अक्षय कोष स्थापना गरिनेछ। कोषबाट प्राप्त ब्याज तथा सम्झौताअनुसार थप हुने रकमका आधारमा प्रत्येक वर्ष सार्वजनिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउने एक जना योग्य व्यक्तित्वलाई “PAAN Life Time Achievement Award” प्रदान गरिनेछ। पुरस्कारमा रु. २५,००० नगद तथा सम्मानपत्र प्रदान गरिने व्यवस्था छ।
पुरस्कार वि.सं. २०८३ सालदेखि प्रदान गर्न थालिनेछ। पुरस्कार प्राप्त गर्ने व्यक्तिको छनोटका लागि PAAN ले आवश्यक कार्यविधि निर्माण गर्नेछ र सोही आधारमा सम्बन्धित समितिको सिफारिसमा पुरस्कार प्रदान गरिनेछ।

PAAN Life Time Achievement Award Kosh सार्वजनिक सेवामा समर्पण, उत्कृष्टता र दीर्घकालीन योगदानको सम्मानलाई संस्थागत गर्ने महत्वपूर्ण पहल हो। यसले सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्नुका साथै भावी पुस्तालाई निष्ठा, उत्कृष्टता र जनसेवाप्रति प्रतिबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

यो सम्झौता सार्वजनिक सेवामा योगदानको सम्मानलाई दिगो र संस्थागत बनाउने दिशामा PAAN को महत्वपूर्ण पहल का रूपमा रहनेछ।

whatsapp image 2026 08 15 at 19.43.41 whatsapp image 2026 08 15 at 19.43.49 whatsapp image 2026 08 15 at 19.43.52 whatsapp image 2026 08 15 at 19.43.54 11

Scroll to Top