PAAN–Civil Servant of The Year Award, २०८३ का लागि नाम सिफारिस गर्ने सम्बन्धि सूचना
नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउनु हुने संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीहरु मध्ये एक जना कर्मचारीलाई पुरस्कृत गर्ने उद्देश्यले २०८१ सालमा PAAN–Civil Servant of The Year Award स्थापना गरेको हो l
२०८३ पौषमा हुने संघको बार्षिक साधारण सभा एबम राष्ट्रिय सम्मेलनको अबसरमा प्रदान गरिने PAAN–Civil Servant of The Year Award, २०८३ को लागि निम्न लिखित मापदण्ड पुरा भएका सम्भावित राष्ट्र सेवक कर्मचारीको नाम सिफारिस गरि निजको संक्षिप्त परिचय सहित उम्मेदवारहरुको नाम सिफारिस गरी मिति २०८३/०८/३० गते भित्र संघको इमेल वा कार्यालयको ठेगानामा पठाई सहयोग गरिदिनु हुन सम्बन्धित निकायहरुलाई अनुरोध गरिन्छ ।
सिफारिस गर्दा तलका मापदण्डहरुलाई आधार मानिनेछः
- सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका बिबिध क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउनु हुने संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्र सेवक निजामती कर्मचारी हुनु पर्ने ।
- सार्बजनिक सेवा, नवीन आविष्कारका क्षेत्रहरु र जनसरोकारका क्षेत्रहरुमा कुशल सस्थागत नेतृत्व प्रदान गरि उत्कृष्ट र असाधारण योगदान पुरयाउनु भएका राष्ट्र सेवक निजामती कर्मचारी हुनु पर्ने ।
- इमान्दारितापूर्वक कार्य सम्पादन गरी सेवाग्राहीको मन जित्न सफल भएको ।
- आफ्नो कार्यक्षेत्रमा अनुकरणीय योगदान पुर्याएर संगठन तथा राष्ट्रको मर्यादा र गौरव उच्च राख्न सहयोग पुर्याएको ।
पुनश्च:
यो सम्मान PAAN–Civil Servant of The Year Award कार्यविधि, २०८१ को अधिनमा रही सार्बजनिक प्रशासनको क्षेत्रमा संगठित सुशासनका क्षेत्रमा अनुभूतियोग्य वा उदाहरणीय कार्यसम्पादन गरि सार्बजनिक प्रशासन, ब्यबस्थापन वा सुशासनका लागि अदितीय योगदान पुर्याएका व्यक्तिलाई प्रदान गरिने छ l
सम्पर्क :
नेपाल जनप्रशासन संघ (PAAN)
हरिहर भवन, ललितपुर
Email: [email protected], [email protected]
(प्रथम पटक प्रकाशित २०८३/०८/१०)
PAAN–Civil Servant of The Year Award # नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध 2083
